My Blog – My WordPress Blog
Uncategorized

कुलमानको ‘इनर्जी बैकिङ’: मान्ला त भारतीय पक्षले ?

११ फागुन, काठमाडौं । विद्युत् प्राधिकरणले सुख्खायाममा हुने विद्युत् अभाव टार्न ‘इनर्जी बैंकिङ’को अवधारणा ल्याएको छ । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात् गर्ने र सुख्खामा उताबाट लिने अवधारणा हो यो ।

आगामी ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतसँग यस्तो प्रस्ताव लैजाँदैछ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै नेपाललाई बढी हुने बिजुली भारत पठाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना छ ।

हुन त, यो अवधारणा आर्थिक वर्ष ०६९/७० मै आएको हो । र सोही वर्षको नेपाल–भारत सचिवस्तरीय बैठकमा यस विषयले प्रवेश पाएको थियो । तर  हालसम्म भारतबाटै वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेका कारण यसलाई प्राथमिकताका साथ हेरिएको थिएन ।

माथिल्लो तामाकोशी सञ्चालनमा आएसँगै नेपालबाट भारततर्फ विद्युत् पठाउन सम्भव भएकाले यो विषय उठान गर्न लागिएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरे बताउँछन् । भन्छन्ऊ  र्जा बैंकिङलाई महत्वका साथ उठाउँदैछौं ।  मन्त्रिपरिषद् विस्तारपछि ऊर्जा सचिवस्तरीय बैठक आयोजना गर्ने मन्त्रालयको तयारी छ ।

अधिकांश जलविद्युत् आयोजना ‘रन अफ दी रिभर’ प्रणालीमा छन् । वर्षायाममा पूर्ण क्षमतामा उत्पादन हुन्छ, हिउँदमा पानीको बहाव घट्छ र एकतिहाइ मात्र उत्पादन हुन्छ । सुख्खायाममा विद्युत् अभाव हुनुको कारण पनि त्यही हो ।

नेपालमा वर्षामा बिजुली बढी हुन्छ, गर्मी छल्न पंखा, कुलर, एसीलगायत प्रयोग गरिँदा भारतमा माग अत्यधिक बढ्छ । भारतको अत्यधिक विद्युत् खपत हुने सिजन नै वर्षायाम हो । हिउँदमा त्यहाँ खपत कम हुन्छ भने नेपालमा उत्पादन घट्छ । यही चक्रलाई व्यवस्थापन गर्न सक्दा दुवै मुलुकमा बिजुलीको उपलब्धता पनि सहज हुन्छ ।

भारत जलविद्युत्मा पूर्ण निर्भर छैन । जलविद्युत्को क्षमता ५० हजार मेगावाट छ त्यहाँ । तर, थर्मल, सौर्य र हावाबाट उत्पादित बिजुलीले मुलुकको माग धान्दै आएको छ ।

अर्थात्, भारतको बिजुली ‘मिक्सिङ’ प्रणालीमा छ । तथापि, अत्यधिक खपत हुने समयमा जलविद्युत् नै भारतको पनि व्यवस्थापनको आधार हो ।

विद्युत् माग व्यवस्थापन गर्न जटिलता बेहोर्दै आएको भारतले ऊर्जा बैंकिङलाई महत्व दिएको छैन, त्यसो गर्दा नेपालमा विदेशी लगानी ओइरिने ठम्याइमा देखिन्छ, भारतीय पक्ष

‘थर्मल प्लान्टबाट तत्काल पिक म्यानेज गर्न सकिँदैन, यसलाई पुनः सञ्चालन गर्नै घण्टौं लाग्छ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्सो  लार पनि भरपर्दाे मानिँदैन, त्यसैले भारतका लागि गर्मी सिजनमा पिक म्यानेज गर्न नेपालबाटै आयातीत बिजुली उपयुक्त हुन्छ ।

प्राधिकरणले  विहार स्टेट इलेक्ट्रिक बोर्ड’सँग यस विषयमा छलफल गरिरहेको छ । तर, हालसम्म कुनै ठोस सम्झौता हुन सकेको छैन ।

वर्षाैं अघिदेखि नेपालले यसलाई प्राथमिकताका साथ हेरे पनि भारतले महत्व दिएको छैन । सचिवस्तरीय बैठकमा यो विषय उठान त हुन्छ तर पुनः छलफल गर्ने भन्नेबाहेक निष्कर्ष निस्किँदैन ।

भारतले इनर्जी बैंकिङलाई महत्व दिएको छैन । इनर्जी बैकिङमा जाँदा नेपालको जलविद्युत्मा विदेशी लगानी बढ्ने भारतीय पक्षको ठम्याइ देखिन्छ । प्राधिकरणका एक अधिकारी भन्छन्, ‘नेपालले यसलाई महत्व दिए पनि आफूसँगको निर्भरतामा कमि आउने बताउँदै भारतले यसमा चासो दिएको छैन, जसका कारण अहिलेसम्म ठोस निर्णय नभएको हो ।

केही मुलुकमा यो सफल मोडेल हो । जस्तो– नर्वे जलविद्युत्मा पूर्ण निर्भर मुलुक हो । उसका छिमेकी देशहरु डेनमार्क  स्विडेन र फिनल्यान्ड थर्मल प्लान्टमा निर्भर छन् ।

गर्मीमा हिउँ पग्लेसँगै नर्वेमा विद्युत् उत्पादन बढ्छ । र  डेनमार्क र फिनल्याडमा निर्यात गर्छ । नर्डिक ग्रिडमार्फत् गर्मीयाममा छिमेकी मुलुकमा विद्युत् वितरण गर्छ भने जाडोमा सोही ग्रिडमार्फत् आयात गर्छ । चिसो बढेसँगै नर्वेमा विद्युत् उत्पादन घट्छ र त्यसबेला डेनमार्कबाट थर्मल प्लान्टबाट उत्पादित बिजुली आयात गर्छ ।

Continue reading

समाचार

नेपालकै शीर उचो बनाएको ठहर गर्दै नेपाली क्रिकेट टोलीलाई आज सरकारले नगदसहित सम्मान गर्दै

काठमाडौं, फागुन ११ – विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गर्दैछ ।

नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विश्वकप छनोट खेल्ने नेपाली टीमलाई बिदाई पनि गरिनेछ । नेपाली टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ ।

Continue reading

समाचार

प्रानको कर्तुत : लिच्ची जुस होइन, लास नकुहाउन प्रयोग हुने केमिकलको झोल पिउँदै हुनुहुन्छ तपाईं ! (भिडियोसहित)

काठमाडौँ- नेपाली बजारमा पछिल्लो समय निकैनै बजार तताईरहेको एउटा प्रोडक्ट हो, ‘प्रान जुस’ । पछिल्लो समय धेरैले प्रयोग गर्ने गरेको यो जुस तपाईंपनि पिउनुहुन्छ वा तपाईंका बच्चाहरुले पनि पिउँछन् भने होस् गर्नुहोस्,’प्रान जुसमा अख्याद्य केमिकल ‘फर्मालिन’ प्रयोग हुने गरेको खुलासा भएको छ । बंगलादेशबाट प्रशारण हुने टेलिभिजन इटीभीले केही महिनाअघि प्रशारण गरेको रिपोर्टमा यस्तो खुलासा भएको हो । प्रान कम्पनीका जुसहरुको उत्पादन र ती उत्पादनका गुणस्तरबारे प्रशारित रिपोर्टमा प्रान जुसमा अख्याद फर्मालिन लगायत अन्य अखाद्य केमिकलहरुसमेत प्रयोग हुने खुलासा भएको छ । त्यहि कम्पनीले उत्पादन गरेको प्रान जुस अहिले नेपालमा चर्चित छ ।

नेपाल अखाद्य बस्तु बेच्ने डष्टबिन बन्दै
‘यसो त नेपालमा पैसा र पावर भएपछि कानुन त खल्तीमा हुन्छ’ भन्ने व्यापारीहरुको संख्या ठुलो छ । केहि दिनअगाडी गुणस्तर विभागले छापा मार्दा अखाद्य प्रमाणित भएको ब्यन्जन ब्राण्डको तेलले केहि दिन पछाडी नै गुणस्तरचिन्ह प्राप्त गर्ने मुलुक हो नेपाल । अखाद्य प्रमाणित भएको फेमिली तेल र सनफ्लो तेलका प्रचार टेलिभिजनहरुमा हरेक समाचारमा प्रशारित हुने र खुल्लम खुल्ला विक्री वितरण हुने देश हो नेपाल । नेपालको यहि कमजोर कानुनको फाइदा उठाएर उद्योग विभागसँगको मिलेमतोमा अखाद्य प्रान जुस नेपालमा विक्री वितरण भइरहेको छ । तर यसरि खुल्लमखुल्ला जनस्वास्थ्यमाथि खेलबाड हुँदा पनि नेपालमा कसैले बोल्ने गरेको छैन । बंगलादेशमा उक्त टेलिभिजन रिपोर्ट प्रशारण भएपछी प्रान जुसको व्यापार स्वात्तै घटेको छ । अव आफ्नो देशमा बिक्रि नभएपछी गर्नु के ? नेपालमा कानुनको फितलो अभ्यासको फाइदा उठाउँदै कम्पनीले नेपालीहरुको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ ।

 

तपाईंले लिची जुस भनेर खानी झोल लिचीको जुस नै होइन !

अझ अचम्मको कुरा त के छ भने बजारमा लिची जुस भनेर पीइने प्रान जुस लिचीको जुस् नै नभएको खुलासा भएको छ । प्रान कम्पनीले चिनीमा पानी घोलेर लास नाकुहियोस् भनी प्रयोग हुने फर्मालिन लगायतका अखाद्य केमिकलहरु प्रयोग गरेर यो जुस नेपालमा पठाईरहेको छ । अझ अचम्मको कुरा त के छ भने यो जुस नेपालमा जांचसमेत नगरी बजारमा पठाइएको छ । प्रानले जुसमा १० प्रतिशत पल्प अर्थात लिच्चीको दाना माथिको सेतो भाग हुने दावी गरेको छ । तर त्यसको प्रमाणीकरण कुनै पनि निकायले गरेको छैन भने नेपालमा रहेका खाद्य प्राविधिकहरुले प्रान जुसमा त्यस्तो पदार्थ नरहेको बताईरहेका छन् ।

‘तपाईंले प्रान जुस ल्याएर ग्लासमा हाल्नुहोस् अनि कुनै नेपाली कम्पनीको लिच्ची जुस ल्याएर अर्को ग्लासमा हाल्नुहोस् । पल्प हालिएको जूस पानीजस्तो सङ्लो हुँदै हुँदैन । तर प्रान पानी जस्तै संग्लो हुन्छ । पाल्पले जुसलाई पानीजस्तो संग्लो देखाउन दिंदैन । यो जुसमा चीनी, पानी, लिच्चीको स्वाद आउने केमिकल र लासमा प्रयोग हुने फर्मालिन प्रयोग भएको हुन्छ ।’ एक प्राविधिकले अर्थ सरोकार डटकमसँग भने ।

उद्योग विभागकै कर्मचारीको गुनासो थाहा भएर पनि केहि गर्न नसकिने अवस्था छ’
यता हामीले यसबारे बुझ्न उद्योग विभागमा सम्पर्क गरेका थियौं । हामीले प्रान जुसमा अखाद्य फर्मालिन प्रयोग हुने गरेकोबारे सोध्दा त्यहाँका कर्मचारीले हालसम्म त्यस्तो उजुरी नपरेको र उजुरी परेको खण्डमा अनुसन्धान हुने बताएका छन् । ‘कुरा त हामीले पनि सुनेका हौँ । तर उजुरी परेको छैन । उजुरी परे कारवाही हुन्छ ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘तपाईं जस्तै हामी पनि त्यस्तै हो सर ! हाकिमहरुसँग कुरा मिलिसक्या होला, हामीले के बोल्ने ?’

Continue reading

समाचार

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जन्मदिन : ६७ औं बसन्तमा पाईला टेकेका ओलीले पत्नी सँग केक काटेर यसरी मनाए… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली ६७ वर्ष प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा सचिवालयले बिहीबार राति नै सरकारी निवास बालुवाटारमा जन्मदिनको केक काटेको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार राति नै पत्नी राधिकासाथ जन्मदिनको केक काटेका छन्। ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल र टेलिफोनमार्फत शुभकामना दिइरहेका छन्।

जीवनको उत्तरार्धसम्म जन्मदिन नमनाएका ओलीले समर्थकमाझ चार वर्षअघि निजी निवास बालकोटमा जमघट आयोजना गरेका थिए। जीवनभर पार्टीमा प्रतिपक्षीजस्ता रहेका ओली एकैवर्ष संसदीय दलको नेता र पार्टी अध्यक्ष भएपछि जन्मदिन मनाएको भन्दै आलोचना भएको थियो।

‘त्यसपछिका जन्मदिन उहाँकै आयोजनामा मनाइएन उनी निकट एक पार्टी पदाधिकारी भन्छन्स मर्थन र शुभेच्छुकले जन्मदिन मनाइदिन थाले, उहाँ सरिकसम्म हुन थाल्नुभयो।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओली समकालिन नेताहरुमा सबैभन्दा बढी संघर्षशील नेता हुन्। उनले १४ वर्ष जेल जीवन बिताएका छन्।

तेह्रथुमदेखि झापा बसाइ सरेका ओली २०२३ सालदेखि निरन्तर राजनीतिमा छन्। वैचारिक अडान र स्पष्ट विचारले ओलीको राजनीतिमा लाभहानी बराबर भएका छन्।

पार्टीको तल्लो कमिटीदेखि पार्टी नेतृत्वसम्म पुगेका ओली चौथोपटक सत्तायात्रामा छन्। गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको पहिलो कार्यकाल सफल रह्यो, दोस्रोपटक प्रधानमन्त्रीकोको कुर्सीमा पुगेका ओलीको परीक्षा भने हुन बाँकी छ।

Continue reading

समाचार

सल्बलाउन थाले भूमीगत समुह ! लहानमा गरे बम विस्फोट

लहान । सिरहाको लहानमा बम विस्फोट भएको छ । लहान नगरपालिका १ मुख्यचोकमा रहेको शुभलाभ किराना स्टोरको अगाडि कुकर बम विस्फोट भएको हो । बम बिस्फोटबाट स्टोरका सञ्चालक अनिल अग्रवाल घाइते भएका छन् ।

विस्फोटबाट किराना पसलको काउण्टरमा सामान्य क्षति भएको छ । विस्फोटमा घाइते भएका अग्रवालको लहानस्थित जय मातादी पोलिक्लिकमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी गोइत समुहको हस्ताक्षर रहेको पर्चा भेटिएको छ ।

Continue reading

समाचार

चोरीको मोटरसाईकल बेच्नकै लागि काठमाडौंमा रिकन्डिसन हाउस खोलेको गिरोह प्रहरीद्वारा पक्राउ

काठमाडौंको चावहिलबाट गौशालार्फ जाँदा मित्रपार्क नपुग्दै बाँया तर्फ लस्करै पुराना मोटरसाईकल बिक्रि तथा साट्ने केही रिकन्डिसन पसल छन्। ती पसलमध्ये ‘बिएण्डबी’ नामक एक पसल छ, जहाँ उपत्यका भित्र चोरी भएका मोटरसाईकल पाईन्छन्।

काभ्रे तिमालका सुरेश तामाङ र सिन्धुपाल्चोक मेलम्चीका उग्रेन लामाले सञ्चालन गरेको उक्त पसलमा चोरीको मोटरसाईकल बिक्रि हुने गरेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो ३ जना युवाले कपनबाट मोटरसाईकल चोरी गरे। प्रहरीलाई उक्त कुराको जानकारी भयो। चोरी गरेको मोटरसाईकल कता लैजान्छन् भन्दै प्रहरीले पिछा गर्‍यो र चोरीको मोटरसाईकलसहित ती युवा उक्त पसलमा पुगे।

अनि मात्र प्रहरीले ती युवालाई नियन्त्रणमा लियो। चोरीको मोटरसाईकल डोर्‍याउँदै त्यही ल्याउनुको कारण बुझ्दै जाँदा त्यहाँ चोरीका मोटरसाईकल मात्र कारोबार हुने गरेको प्रहरीले पत्ता लगायो।

प्रहरीले उनीहरूको पसलमा बेच्न राखिएका ४ वटा चोरीका मोटरसाईकलसमेत फेला पार्‍यो। ‘सुपथ मुल्यमा बिक्रीमा’ भन्दै मोटरसाईलमा लेखेर राखेको अवस्थामा बा ९० प ५२४६, बा ८८ प ३३९३, बा ९१ प ९१९० नम्बरका चारै वटा मोटरसाईकल चोरीको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा चोरी भएका मोटरसाईकल यहाँ ल्याइन्छ, र डेण्टपेण्ट गरी बिक्रि गर्न राखिन्छ।

यसरी चोरी गरिएको मोटरसाईकलको नक्कली कागजपत्र बनाईने गरिन्छ, कुनै ब्यक्ति किन्न आएमा नक्कली कागज र उक्त मोटरसाईकल दिने, धनी बिदेशमा छ, अर्को साता आउँदैछ अनिमात्र पास गरौंला भन्दै उनीहरूले ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

धनी विदेशमा छ भन्दै केही समय झुलाउने, पछि आएन भन्दै पास नगर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

४ वटा चोरीको मोटरसाईकलसहित पक्राउ परेका पसल सञ्चालक तामाङ र लामाले आफ्नो पसलबाट चोरीका मोटरसाईकल बिक्रि हुने गरेको प्रहरीमा बयान दिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी अच्युत पुडासैनीले बताए।

पक्राउ परेका बाँकी तीन जनाको परिचय प्रहरीले गोप्य राखेको छ। उनीहरूका अरू साथीलाई पनि पक्राउ गर्नुपर्ने भएकाले उनीहरूको परिचय गोप्य राखिएको डीएसपी पुडासैनीले सेतोपाटीलाई जानकारी दिए।

पक्राउ परेको गिरोहले काठमाडौंका विभिन्न स्थानमा मोटरसाईकल चोरी गरी बिक्रि गर्ने गरेको उनले बताए।

यसरी चोरी गर्छन् मोटरसाइकल

प्रहरी अनुसन्धान अनुसार काठमाडौंका अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका पार्किङमा जाने, यसो हेर्ने लक तोडेर मोटरसाईकल केही परसम्म गुडाउने अनि सिधै तार जोडेर चावहिल पुर्‍याउने गरेका हुन्छन्। पसलमा गएर रंग परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रिमा राख्ने गरेको अनुन्धानबाट खुलेको छ ।

Continue reading

समाचार

भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजार , हेर्नुहोस उनले के भनेका थीए ?

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पमा परेर हजारौं नेपालीले ज्यान गुमाए, खर्बाैंको भौतिक सम्पति नोक्सान भयो । त्यतिबेला सात समुन्द्र पारीका फुटबलर मेस्सीदेखि रोनाल्डोसम्मले सहयोगको घोषणा गरे । तर रोटी र बेटीको सम्बन्ध भएका छिमेकी मुलुक भारतका सुपरस्टार सलमान खान भने त्यतिबेला सहयोग नगरेको र नगर्ने घोषणा गरिरहेका थिए ।

रोनाल्डोले ८० करोड सहयोग गर्दा मेस्सीले ५१ करोड सहयोग गरे । रोनाल्डोले सेभ द चिल्ड्रेन युके र मेस्सीले युनिसेफ मार्फत नेपाली बालबालिकाका लागि सहयोग गरेका थिए । बार्सीलोनाले खेल मैदानमै मौनधारण गर्यो भने रोनाल्डोले नेपाल र पोर्चुगलको झण्डा लिएर फोटो खिचे ।

संसारभरबाट नेपाल र नेपालीको दुःखमा साथ सहयोग प्राप्त भैरहेका बेला भारतीय सुपरस्टार सलमान खानले पनि सहयोग घोषणा गरेको चर्चा शिखरमा पुग्यो । तर सलमानले आफ्नो फेसबुकमा लेखे–हामीले भूकम्प पीडित नेपालीलाई सहयोग गरेका छैनौं र सहयोग गर्ने तत्काल कुनै कार्यक्रम पनि छैन् ।

सहयोग गर्नु नगर्नु खानको व्यक्तिगत अधिकारको कुरा हो । तर उनले सहयोग नगरेको घोषणा गरिरहँदा सहानुभूतिका दुई शब्द समेत खर्चने प्रयास गरेनन् । खानले ‘हामी सहयोग गर्न असमर्थ छौं तर नेपाल र नेपाली प्रति आईपरेको विपत्तिमा दुःखी भएका छौं ।’ भन्न सक्थे । तर उनका तर्फबाट त्यति शब्द पनि निस्केनन् । मेस्सी र रोनाल्डोमा मानविय सम्वेदना देखिँदा सलमानले सहयोग नगर्ने घोषणा गरे तर दुःख पनि व्यक्त गरेनन् ।

यतिबेला उनै भारतीय सुपरस्टार सलमान खान रक्सीको प्रमोशनका लागि नेपाल आउँदैछन र हामी नेपाली उनका लागि १० औं हजारको टिकट किन्न तयार भएका छौं । भूकम्पले सिंगो नेपाल शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त गर्न पनि नसक्ने खानका लागि हामी १० औं हजार खर्चन कसरी तयार भयौं ? यो गम्भिर प्रश्न हो ।

Continue reading

समाचार

कारवाही गरेकोमा दाहाल एण्ड कम्पनीलाई धन्यवाद: गोपाल किराँती

काठमाडौं । माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्री पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।

एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको निर्णय गर्नुलाई उनले एकमनावादको पराकाष्ठा भनेका छन् ।

उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो किरातीले भनेका छन्मा  ओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने कारणबारे एकपटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।

किराँतीले एमालेसँगको एकता प्रक्रियाको विरोध गर्दै आएका थिए । उनले ‘माओवादी पुनर्गठन अभियान’ चलाएको घोषणा गरेका थिए । बिहीबार बसेको माओवादी बैठकले एकता विरोधी गतिविधिमा लागेको भन्दै किरातीसहित विश्वभक्त दुवाल र लोकेन्द्र विष्टलाई निस्कासन गर्ने निर्णय गरेको थियो ।

किरातीले भने कार्वाहीको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । आफू माओवादी केन्द्रमा नरहेको घोषणा पनि उनले सोही विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

उनले भनेका छन्, जो चोर, उसैको ठूलो स्वर भनेझैं मार्क्सवाद(लेनिनवाद(माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो ।

विज्ञप्तिमा थप लेखिएको छ, एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कतविरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आह्वान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।

Continue reading

फिल्मी खबर

दिनमा ७ वटासम्म फिल्म खेलेका दिलीप भन्छन्, कुनै समय राजेश दाइलाई गाह्रो पारेको थिएँ’

काठमाडौं : मंगलबार दिउँसो नायक दिलीप रायमाझीलाई भेट्न अनामनगरको भटभटेनी अगाडि रहेको फिल्म ‘शत्रु गते  को कार्यलयमा पुग्दा आवाज आइरहेको थियो रूपै मोहनी नारान रूपै मोहनी। जब हामी कार्यालयभित्र प्रवेश गर्‍यौँ नायक दिलीप रायमाझी एक युवतीसँग हामीले सुनेको गीतमा नृत्य गरिरहेका थिए। जब गीत सकियो, छेवैमा बसेका फिल्म शत्रु गतेका प्रस्तुतकर्ता किरण केसी र कलाकार शिवहरि पौडेले उनीहरूको प्रशंसा गर्दै भने ‘वाह! बबाल!

हामीले सोध्यौँ फिल्ममा दिलीप दाइ त हुनुहुन्न  किन यो गीतमा उहाँ नाच्नुभएको? किरणले भने दिलीप हामीसँग मोफसल टुरमा जाँदै छ त्यही भएर हो।  दिलीपले थपे दाइहरूसँगको सम्बन्ध धेरै पहिलेदेखि हो। उहाँहरूले जाऊँ भन्नुभयो नाइँ भन्नै सकिनँ। कुरा बाल्यकालतिर मोडियो। बाल्यकालमा निकै चुलबुले थिए दिलीप। पढाइमा मध्यम दिलीपलाई नाच्न खुबै मनपर्थ्यो। कतै गीत बजेको सुनै हुँदैनथ्यो दौडेर नाच्न पुग्थे। सम्झिन्छन्बा जागाजा बजेको त सुन्नै हुन्नथ्यो म नाच्न थालिहाल्थेँ।

विद्यालयमा पनि सरस्वती पूजा  अभिभावक दिवस वा अन्य कार्यक्रमहरू उनका लागि विशेष बन्थे किनकि उनी त्यहाँ नाच्न पाउँथे। आफ्नो प्रस्तुति दिन पाउँथे। उनलाई नाच्न पाउने हरेक कार्यक्रमहरू विशेष लाग्थे। देउसीभैलो पनि उनको रोजाइ थियो। त्यसबेला पनि आफ्नो प्रस्तुति हेरेर धेरैले प्रशंसा गर्ने गरेको दिलीप बताउँछन्।

भन्छन्मै ले नाचेको हेरेर धेरैले मलाई पैसा दिनुहुन्थ्यो।  कक्षा १० सम्मको पढाइ सकेपछि उनलाई नृत्य सिक्ने मन लाग्यो। पुतलीसडकमा रहेको डान्स इन्ष्टिच्युटमा उनी नृत्य सिक्न भर्ना भए। त्यहाँ राजु शाहले नृत्य सिकाउँथे। उनी त्यहाँ सिक्दै गए। उनलाई डान्स सिक्दै जादाँ झनै आफ्नो डान्स बिग्रिएको आभास हुन थाल्यो। दाइहरूले पनि पहिला त खुबै राम्रो नाच्थिस्अ  हिले सिकेको भनेर त झनै बिग्रिइछस्भ नेपछि उनलाई बिझ्यो। दिलीप पहिला आफ्नौ सुरमा नाच्थे। कुनै स्टेप थिएन तर डान्स सिकेपछि उनी आफ्नो नृत्यलाई एउटा कम्पोजिसनमा ढाल्न थाले।

एउटा सीमामा रहेर नाच्ने भए  जुन कुरालाई अरूले मन पराइदिएनन्। तर दिलीप आफूमा विश्वास गर्थे म केही राम्रो काम गर्दै छु। पक्का एक दिन सफल हुनेछु  भनेर। नृत्य सिकिरहँदा उनलाई फिल्ममा नाच्ने ठूलो रहर पलाउँदै गएको थियो। उनका नृत्य गुरु राजु शाहले सडक   फिल्ममा नृत्य निर्देशन गर्दै रहेछन्। दिलीप अनि उनको टिमलाई राजुले कोरसमा नाच्न लगे। फिल्ममा नाच्न पाउने भएपछि खुसीको सीमा थिएन दिलीपमा। तर   विडम्बना! उनले नाच्दा उनको अनुहार देखिँदैनथ्यो। उनले कोरसमा नाच्दा पनि पछाडि फर्किएर नाच्नुपर्ने भयो। तर पनि खुसी नै थिए दिलीप।   आखिर फिल्ममा त नाचियो नि!  उनले भने।

अब उनलाई फिल्ममा अनुहार देखाएर नाच्ने मन भयो। धेरै फिल्ममा कोरस नाचिसकेका उनलाई त्यो शोख पूरा गर्न झन्डै एक वर्ष लाग्यो। भन्छन्  लगभग एक वर्षपछि फिल्म  परिभाषा  मा काम गर्दा अनुहार देखाएर नाच्ने अवसर पाएको थिएँ।  कुरा २०५२ सालको हो। उनले एउटा एनटिभी नाइट  मा नाच्ने अवसर पाए। त्यहाँ उनले दिएको प्रस्तुतिबाट धेरै नेपालीले उनलाई चिनिसकेका थिए। धेरैले उनलाई राम्रो डान्सर भनेर नोटिस गरिसकेका बताउँछन् दिलीप।

लगत्तै उनले मोसन पिक्चर्स अवार्ड  मा नाच्ने अवसर पाए, जहाँ फिल्म क्षेत्रका हस्तीहरू उपस्थित थिए। उनले त्यहाँ दिएको प्रस्तुतिबाट उपस्थित सबै प्रभावित भए। वरिष्ठ निर्देशकहरू तुलसी घिमिरे, यादव खरेल, शिव रेग्मी, नारायण पुरी पनि उनको नृत्यको फ्यान भए। उनीहरूले दिलीपलाई फिल्ममा खेलाउन चाहे। तर, दिलीपले त्यो कुरा पत्तै पाएनन्। उनले त्यहाँ प्रस्तुति दिए अनि आफ्नो बाटो लागे। त्यसबेला फोन थिएन। दिलीपसँग सिधा सम्पर्क गर्न कसैले सकेनन्। को हो दिलीप? कहाँ बस्छ? कसैलाई थाहा थिएन।

यसै क्रममा एक दिन फिल्म क्षेत्रमै काम गरिरहेका कमल राईसँग दिलीपको भेट भयो। कमलले दिलीपलाई देख्नेवित्तिकै भने  ओई तिमीलाई फिल्म खेलाउन भनेर निर्देशकहरू खोजिरहेका छन्। कता हराएको तिमी? दिलीप झस्किएका थिए हु म्! मलाई फिल्म खेलाउने रे! आखिर यो सत्य थियो। उनलाई फिल्ममा खेलाउन जोसुकै निर्देशक पनि तयार थिए। दिलीप हिट हुँदै गर्दा फिल्म क्षेत्रमा राजेश हमालको दबदबा थियो।

जताततै राजेशकै फिल्म आउँथे तर दिलीप हिट भएसँगै राजेश हमाललाई पनि हम्मेहम्मे पर्‍यो। दिलीप भन्छन्, कुनै समय मैले राजेश दाइलाई गाह्रो पक्कै पारेको थिएँ।   त्यसबेला दिलीपलाई तुलसी घिमिरे मनपर्थ्यो। उनैलाई भेट्न गए।   अब हिरो नै लिन लागेको भनेपछि त अलिक फुर्ती देखाएर जानुपर्‍यो   भेट्न जादाँको रमाइलो किस्सा सम्झिए   तुलसी दाइलाई भेट्न जाँदा एउटा दाइको बाइक मागेर लिएर गएँ।

फिल्म खेल्ने पक्का भयो। निर्देशक घिमिरेले उनका लागि भनेर ‘दर्पणछाया’को कथा लेख्न थाले। उनले फिल्म दर्पणछाया छायांकन नहुँदै ‘भानुभक्त’मा काम गरे। यस फिल्मलाई यादव खरेलले निर्देशन गरेका थिए। सुरुमा यस फिल्ममा हरिवंश आचार्यले खेल्ने कुरा थियो तर पछि हरिवंशले गर्न नसक्ने भएपछि दिलीपलाई यो फिल्म खेल्नका लागि हरिवशंले नै सुझाएका रहेछन्।

निर्देशक खरेललाई भनेर हरिवंशले दिलीपलाई फोन गरेर उक्त फिल्म खेल्न भनेका थिए। हरिवंश र दिलीपले यसअघि सँगै एक गाईजात्रामा काम गरेका रहेछन्। सानैदेखि हरिवंशका फ्यान दिलीपले हरिवंशले भनेको कुरा नाई भन्नै सकेनन्। भनुभक्तमा काम गरे। भानुभक्तपछि उनले लगातार ‘दर्पणछाया  दोमन  आफ्नो मान्छे ल क्ष्मण रेखा ‘जिन्दगानी’, ‘नातेदार’लगायत ९ वटा फिल्ममा अभिनय गरिसकेका थिए। तर, उनको एउटा पनि फिल्म रिलिज भएको थिएन। उनको पहिलो फिल्मका रूपमा ‘भनुभक्त’ रिलिज भयो।

भनुभक्तले व्यावसायिक सफलता हासिल गर्न सकेन। त्यसपश्चात उनको दोस्रो फिल्म ‘लक्ष्मण रेखा’ प्रदर्शनमा आयो। उनी आफैँ उक्त फिल्म हेर्न हलमा गए। आफैँले आफ्नो फिल्म हेर्न सकेनन्। दिलीप भन्छन्मै ले मेरो फिल्म हेर्दा आफैँलाई यति झुर लाग्यो कि म आफूले त्यो फिल्म नै पूरै हेर्न सकिनँ। दिलीपले जहाँ पनि आफ्नो कमजोरी मात्र देख्थे।

उनले आफूलाई अनुभूत गर्न थाले ओहो! म त फिल्मको लागि हैन रहेछु। यत्तिका झुर देखिन्छु भने के फिल्म खेल्नु र?  उनलाई फिल्ममा अभिनय गर्ने कुराबाट मन मरिसकेको थियो। अब म फिल्म खेल्दिनँ बरु नृत्य निर्देशक बन्छु  भनेर उनले फिल्ममा अभिनय गर्न पनि छोडेको सुनाए। केही समयपछि उनी अभिनित फिल्म ‘दर्पणछाया’ प्रदर्शनमा आयो। तुलसी घिमिरे, उत्तम प्रधान, निरुता सिंहसँगै उनी पनि फिल्म रिलिजको लागि धरान पुगे। उनीहरू त्यहाँ पुग्दा पनि हलमा दर्शकको उल्लेखनीय साथ रहेन। त्यसबेला फिल्ममा फाइटका सिनहरू बढी रुचाइन्थ्यो। जतिले फिल्म हेरे, फिल्ममा फाइटका सिनहरू खोजे। भन्थे यो फिल्ममा फाइट भएको भएचाहिँ राम्रो हुन्थ्यो।

केही दिन धरान बसेर उनीहरू काठमाडौं फर्किए। दिलीपमा झन फ्रस्टेसन बढ्न थाल्यो। त्यही क्रममा दिलीप अभिनित फिल्म ‘जिन्दगानी’ काठमाडौंमा रिलिज भयो। उनी आफ्नो फिल्म हेर्न जानै सकेनन्। भन्छन्मै ले पहिला आफ्नो फिल्म लक्ष्मण रेखा हेरिसकेको थिएँ  जसबाट म आफैँलाई छ्या भन्ने जस्तो भएको थियो। त्यही भएर पनि मैले आफ्नो कुनै फिल्म हेर्न आँटै गरिरहेको थिइनँ। जिन्दगानी  मा दिलीपसँगै राजेश हमालको पनि मुख्य भूमिका थियो। जिन्दगानी पनि सफल भयो। दिलीपको कामलाई धेरैले मनपराए। धेरैले उनको कामको प्रशंसा पनि गरे।

तर दिलीपलाई उक्त कुरामा विश्वास नै थिएन। साथीहरूले उनको कामको प्रशंसा गरे पनि दिलीप त्यसलाई पत्याउँदैनथे। केहि दिनपछि दिलीपलाई तुलसी घिमिरेको फोन आयो। ‘भाइ, दर्पणछायाले ५१ दिन मनाउला जस्तो छ। जानुपर्छ है!   दिलीपलाई उक्त कुराको विश्वास नै थिएन। तर पनि जाउँ न त भनेर दिलीप तुलसी घिमिरेसँगै मोफसल गए। जे सोचेर दिलीप बाहिर गएका थिए, त्यसको ठीक उल्टो थियो। सम्झिन्छन्म लाई त लागेको थियो अब त फिल्म हेर्ने दर्शक २/४ जना बाँकी होलान् तर होइन रहेछ। दर्शकको चाप देखेर म नै छक्क परेको थिएँ।  दिलीपलाई देखेपछि फोटो खिच्ने, अटोग्राफ लिने दर्शकको भीड लाग्यो। दिलीप आफैँमा दंग परे।

बल्ल एउटा सपना पूरा भयो उनको सन्तुष्टि आँखा र अनुहारमा एकै साथ चम्कियो। ‘जिन्दगानी’ले पनि ५१ दिन मनायो। उनमा झन फिल्म मोह बढ्यो। फिल्म खेल्नबाट हराइसकेको मन पुन: फिल्म खेल्नतिर फर्कियो। उनको फिल्म  आफ्नो मान्छे’ रिलिज भयो। उक्त फिल्मले पनि बम्पर हान्यो। दिलीपको क्रेज झनै बढ्दै गयो। जब उनका ३ फिल्म रिलिज भए, उनलाई फिल्ममा खेलाउनका लागि निर्माता निर्देशकहरू लाइनमा थिए। दिलीप भन्छन्ती नवटा फिल्म सफल भइसकेपछि त फिल्मको अफर त कत्ति आए आए।

दिलीप लगातार फिल्ममा काम गर्दै गए। उनी दिनमा ७ वटा फिल्ममा समेत काम गर्थे। सम्झिन्छन्मै ले वर्षौंसम्म दिनभर रातभर नसुती नसुती काम गरेको छु।  उनी फिल्ममा काम गरेर बाँकी बचेको थोरै समय मात्र सुत्थे। कहिलेकाहीँ धेरै निद्रा अनि थकाइले गर्दा बाटैमा निदाउने गरेको दिलीप सुनाउँछन्। दिलीप हिट हुँदै गर्दा फिल्म क्षेत्रमा राजेश हमालको दबदबा थियो। जताततै राजेशकै फिल्म आउँथे तर दिलीप हिट भएसँगै राजेश हमाललाई पनि हम्मेहम्मे पर्‍यो।

दिलीप भन्छन्कु नै समय मैले राजेश दाइलाई गाह्रो पक्कै पारेको थिएँ। उनले धेरै फिल्ममा अभिनय गरिसकेका थिए। अब उनलाई फिल्म निर्माणमा चासो बढ्यो। उनले फिल्म ‘हामी साथीभाइ’ नामक फिल्म निर्माण गरे। तर यस फिल्मले उनलाई नराम्रोसँग डुबायो। त्यसयता उनले उक्त डुबेको रकम उठाउनका लागि भए पनि धेरै फिल्ममा अभिनय गरेको बताउँछन्।

हो  दिलीपले राम्रो फिल्ममा काम गरेन भन्ने धेरै कमेन्ट आउँथ्यो  उनी भन्छन्ज स्तो पनि फिल्म खेल्नु मेरो बाध्यता थियो।  उनले फेरि ‘मिस यु’ फिल्म निर्माण गरे। उक्त फिल्मबाट भने दिलीपले त्यति घाटा व्यहोर्नुपरेन। दिलीपले अभिनय गरेको फिल्मको संख्या २०० बढी भइसकेको थियो। उनी फिल्मबाट बेक्र लिँदै अमेरिका पुगे।

आफ्नो परिवारलाई व्यवस्थित गर्न उनी अमेरिका पुगेका थिए। छोरीको पढाइका लागि उनको परिवार अमेरिकामा छ। तर  धेरैले नेपाल आउनु  नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सुझाएपछि दिलीप नेपाल फर्किएका छन्। उनी अब फिल्म क्षेत्रमै सक्रिय रहने बताउँछन्। भन्छन्अ भिनय गरेर होस् वा निर्माण म अब सधैँ फिल्म क्षेत्रमा नै हुनेछु।  दिलीप अहिले नयाँ फिल्म निर्माणमा लागिरहेका छन्।

-साभार:थाहा खबरबाट

Continue reading

अन्तर्राष्ट्रिय

नेपालबाट व्यापार सुरु,अर्वपति बनेर बलिउड अभिनेत्रीसँग विवाह गर्ने यीनको वास्तविकता हेर्नुहोस !

बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ८ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए । शिल्पा सेट्टीले विवाहको ७ औ एनिभर्सरीमा राज कुन्द्रालाई सामाजिक सञ्जालमा एउटा माया लाग्दो मेसेज लेखेर पठाएकी छिन् । शिल्पाले मेसेजमा ‘तिम्रो दिलमा मैले आफ्नो घर पाए, आत्मामा माया । म विश्वकै भाग्यमानी युवती हुँ ।’

राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ ।

राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए । आज उनी एक सफल बिजनेशम्यान हुन् । इन्टरनेटमा पाइएको जानकारी अनुसार हाल उनीसँग २४०० करोडको सम्पत्ति रहेको छ ।

एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो।’ आज उनीसँग महँगा कारहरु रहेका छन् । जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो ।

१८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पालेका थिए । उनलाई पैसाको महत्व थाहा छ । जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए । आफ्नो जिन्दगीलाई कुन मोडमा लाने गम्भिरताका साथ सोचिरहेका थिए ।

उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए ।

केही पश्निा शल किने र ब्रिटेनको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले । जति छिटो उनको कारोबार बढीरहेको थियो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।

त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मालिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।

Continue reading